स्वास्थ्य सेवा विभागद्धारा २४ चिकित्सक र ५४ नर्सका लागि जागिरको अवसर

काठमाडौँ, ११ चैत । स्वास्थ्य सेवा विभागले करार सेवामा पदपूर्ति गर्नका लागि २४ चिकित्सक र ५४ नर्सका लागि दरखास्त आवहान गरेको छ । विभागले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ को रोकथाम तथा नियन्त्रण सम्वनधी काममा खटाउन दरखास्त आवहान गरेको हो ।

विभागले एनेस्थेसियोलोजिष्ट नवौँ तह(४ जना), एमडी इन्टरनल मेडिसिन र क्रिटिकल कियर) नवौँ तह ४ जना र मेडिकल अधिकृत –आठौँ तह १६ जना मागेको छ । यस्तै नर्सिङ अधिकृत (सातौँ तह) ४ जना र स्टाफ नर्स (पाँचौँ तह) ५० जना रहेको छ ।

हेरौँ सूचना

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *