कोरोना शंकास्पद १८ जना विरामीको प्रयोगशाला रिपोर्ट नेगेटिभ
काठमाडौँ, ४ चैत । कोरोना भाइरसको आशंकामा देशका विभिन्न अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका १८ जना बिरामीको रिपोर्ट नेगेटिभ आएको छ ।
टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले सो जानकारी दिएको हो ।
प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले सोमबार राती आएको पछिल्लो रिपोर्टबारे जानकारी दिर्दै भने, ‘देशका विभिन्न स्थानबाट आएका कोरोना शंकास्पद १८ जना विरामीको परीक्षण भएको थियो । त्यो सबैको रिपोर्ट नेगेटिभ आएको छ ।’
उनले काठमाडौँसहित सोमबार पनि नेपालगञ्ज, धनगढी, जनकपुर, धरान, विराटनगर, बुटवल, चितवन सहितका स्थानबाट आएका थ्रोट स्वावको परीक्षण गरिएको जानकारी दिए ।
उनले पछिल्लो रिपोर्टसंगै प्रयोगशालामा परीक्षण भएका ४९६ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको बताए ।
थप २५ जनाको परीक्षण शुरु हुँदै
प्रयोगशालामा मंगलबार थप २५ जनाको परीक्षण शुरु भएको छ । देशका विभिन्न अस्पतालका आईसोलेसनमा राखिएका उनीहरुको टेकुस्थित प्रयोगशालामा परीक्षण शुरु गर्न लागिएको हो ।
‘पछिल्लो समय संकास्पद भनेर आउने केशहरु बढदै गएको छ । तर खुशीको कुरा पोजेटिभ देखिएको छैन,’ गुप्ताले भने ।
सम्पर्क इमेल : [email protected]