कोरोना शंकास्पद १८ जना विरामीको प्रयोगशाला रिपोर्ट नेगेटिभ

276
Shares

काठमाडौँ, ४ चैत । कोरोना भाइरसको आशंकामा देशका विभिन्न अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका १८ जना बिरामीको रिपोर्ट नेगेटिभ आएको छ ।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले सो जानकारी दिएको हो ।

प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले सोमबार राती आएको पछिल्लो रिपोर्टबारे जानकारी दिर्दै भने, ‘देशका विभिन्न स्थानबाट आएका कोरोना शंकास्पद १८ जना विरामीको परीक्षण भएको थियो । त्यो सबैको रिपोर्ट नेगेटिभ आएको छ ।’

उनले काठमाडौँसहित सोमबार पनि नेपालगञ्ज, धनगढी, जनकपुर, धरान, विराटनगर, बुटवल, चितवन सहितका स्थानबाट आएका थ्रोट स्वावको परीक्षण गरिएको जानकारी दिए ।

उनले पछिल्लो रिपोर्टसंगै प्रयोगशालामा परीक्षण भएका ४९६ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको बताए ।

थप २५ जनाको परीक्षण शुरु हुँदै
प्रयोगशालामा मंगलबार थप २५ जनाको परीक्षण शुरु भएको छ । देशका विभिन्न अस्पतालका आईसोलेसनमा राखिएका उनीहरुको टेकुस्थित प्रयोगशालामा परीक्षण शुरु गर्न लागिएको हो ।

‘पछिल्लो समय संकास्पद भनेर आउने केशहरु बढदै गएको छ । तर खुशीको कुरा पोजेटिभ देखिएको छैन,’ गुप्ताले भने ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *