तीन सय बेडको सरुवा रोग अस्पताल बनाउन मन्त्रिपरिषदमा प्रस्ताव

0
Shares

काठमाडौँ, २० माघ । सरकारले बेलाबखतमा फैलने सरुवा रोगको महामारीबाट नागरिकलाई जोगाउन तीन सय बेडको छुट्टै सरुवा रोग अस्पताल बनाउने योजना अघि सारेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छुट्टै सरुवा रोग अस्पताल बनाउने योजना अघि सारेको हो । सो सम्वन्धी प्रस्ताव आज बस्ने मन्त्रिपरिषद बैठकमा पेश हुने योजना रहेको स्वास्थ्य मन्त्रालय स्रोतले बतायो ।

‘यो अवधारण मन्त्रिपरिसदले स्वीकृत गरेपछि नयाँ अस्पताल बनाउने स्थान र बजेटको खोजी हुनेछ । र यो छिटै नै अघि बढाइनेछ,’ स्रोतले भन्यो ।

सरुवा रोग सम्वन्धी अस्पताल अहिले टेकुमा रहेको छ । यो अस्पताल बस्तीबीचमा रहेकोले पनि नयाँ ठाँउमा नयाँ अस्पताल खोल्न लागिएको हो ।

चीनमा देखिएको कोरोना भाइरसको प्रकोप विभिन्न देशमा फैलिएकोबेला नेपाल सरकारले नयाँ अस्पताल बनाउने योजना अघि सारेको हो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *