तीन सय बेडको सरुवा रोग अस्पताल बनाउन मन्त्रिपरिषदमा प्रस्ताव
काठमाडौँ, २० माघ । सरकारले बेलाबखतमा फैलने सरुवा रोगको महामारीबाट नागरिकलाई जोगाउन तीन सय बेडको छुट्टै सरुवा रोग अस्पताल बनाउने योजना अघि सारेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छुट्टै सरुवा रोग अस्पताल बनाउने योजना अघि सारेको हो । सो सम्वन्धी प्रस्ताव आज बस्ने मन्त्रिपरिषद बैठकमा पेश हुने योजना रहेको स्वास्थ्य मन्त्रालय स्रोतले बतायो ।
‘यो अवधारण मन्त्रिपरिसदले स्वीकृत गरेपछि नयाँ अस्पताल बनाउने स्थान र बजेटको खोजी हुनेछ । र यो छिटै नै अघि बढाइनेछ,’ स्रोतले भन्यो ।
सरुवा रोग सम्वन्धी अस्पताल अहिले टेकुमा रहेको छ । यो अस्पताल बस्तीबीचमा रहेकोले पनि नयाँ ठाँउमा नयाँ अस्पताल खोल्न लागिएको हो ।
चीनमा देखिएको कोरोना भाइरसको प्रकोप विभिन्न देशमा फैलिएकोबेला नेपाल सरकारले नयाँ अस्पताल बनाउने योजना अघि सारेको हो ।
सम्पर्क इमेल : [email protected]