हेटौडामा पुरानो मेडिकल कलेजको वृहत नि:शुल्क स्वास्थ्य शिविर

120
Shares

माघ ५, हेटौंडा। किसान दुग्ध उत्पादक सहकारी संस्था लि हेटौंडाको आयोजनामा शनिबार एक दिने बृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

चितवनस्थित पुरानो मेडिकल कलेजको प्राविधिक सहयोगमा सहकारी भवन हाता भित्रै सञ्चालन भएको उक्त स्वास्थ्य शिविरको संयोजन भने स्व हरि प्रसाद लामिछाने स्मृती प्रतिष्ठान चितवनले गरेको थियो ।

हेटौडाँ उपमहानगरपालिका वडा नं १७ का वडा अध्यक्ष भैरवबहादुर राईको स्वास्थ्य परीक्षण गरी शुरु गरिएको शिविरमा ४०० बढी स्थानीयले निशुल्क स्वास्थ्य परीक्षण गराएका थिए ।

शिविरमा पुरानो मेडिकल कलेजका तर्फबाट बरिष्ठ ओरल म्याग्जिलोफेसियल सर्जन डा आशुतोष कुमार सिंह, पुरानो मेडिकल कलेजका इमर्जेन्सी इन्चार्ज बरिष्ठ डा रोहन झा, बरिष्ठ न्युरो सर्जन डा सोम लामिछाने, जनरल फिजिसियन डा राजन भण्डारी, छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डा स्वाती साह, स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा बिनिता शाह, डेन्टल सर्जन डा बिनि श्रेष्ठ लगायत डा कस्मिता ढकाल , डा दिव्या शर्मा, डा सूर्यकुमार राई, डा बुद्धिकुमारी मगर, डा प्रकृति आचार्यले विशेषज्ञ सेवा प्रदान गरेका थिए । यस्तै प्रबिन उपाध्याय र राजु यादवले निशुल्क औषधि बितरण गरेका थिए ।

सो अवसरमा बोल्दै पुरानो मेडिकल कलेजका जनसम्पर्क विभाग प्रमुख दुर्गा न्यौपानेले शिविरमा परीक्षण गराएका व्यक्तिलाई पुरानो मेडिकल कलेजमा ओपिडी सेवा निशुल्क र अन्य परीक्षण गर्नुपरेमा २० प्रतिशत छुट दिइने बताए ।

उक्त कार्यक्रममा स्व हरिप्रसाद लामिछाने स्मृति प्रतिस्ठानका अध्यक्ष श्री नवराज लामिछाने, ओरल म्याग्जिलोफेसियल सर्जन डा आशुतोष कुमार सिंह, पुरानो मेडिकल कलेजका इमर्जेन्सी इन्चार्ज बरिस्ठ डा रोहन झा,वरिष्ठ न्युरो सर्जन डा सोम लामिछाने लगायतले बोलेका थिए ।

दुई दशक देखि चिकित्सा शिक्षा तथा सेवा दिइरहेको पुरानो मेडिकल कलेजले स्थापना काल देखि नै निशुल्क शिविर गर्दै आईरहेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *