चिकित्सक संघको निर्वाचन शुरु, विभिन्न मतदान केन्द्रको मोर्चा सम्हाल्दै उम्मेद्धार

काठमाडौँ, ४ माघ । नेपाल चिकित्सक संघको २८ औँ केन्द्रीय कार्यकारिणी समितिको निर्वाचन शुरु भएको छ । काठमाडौँ उपत्यका बाहिर आज र भोलि दुई दिन र उपत्यका भित्र १७ देखि २१ माघसम्म पाँच दिन निर्वाचन हुँदैछ ।
कार्यसमितिको कुल १३ पदका लागि यसपटक ३० जनाले उम्मेद्धारी दिएका छन् । जसमा सबैभन्दा बढी महासचिव पदमा ४ जनाको उम्मेद्धारी परेको छ ।
यसपटकको निर्वाचनमा लोकतान्त्रिक र पेशागत समावेशी गरी दुई वटा प्यानल खडा भएको छ । तर महासचिव पदमा थप दुई जनाले स्वतन्त्र रुपमा उम्मेद्धारी दिएका छन् ।
उपत्यका बाहिर निर्वाचनको आज पहिलो दिन दुबै समूहका उम्मेद्धारहरु विभिन्न स्थानको पर्यवेक्षणमा खटिएका छन् ।
को उम्मेद्धार कहाँ छन् ?
पेशागत समावेशी समूहबाट अध्यक्षमा उठेका डा पुष्पमणी खराल आज जनकपुरमा छन् । लोकतान्त्रिक समूहबाट अध्यक्षमा उठेका डा लोचन कार्की विराटनगर मतदान केन्द्रमा छन् ।
यस्तै पेशागतबाट बरिष्ठ उपाध्यक्ष र महासचिव बनेका उम्मेद्धारहरु क्रमश डा रक्षा श्रेष्ठ, र डा मधुर बस्नेत अहिले धरानमा छन् । यता लोकतान्त्रिक समूहका बरिष्ठ उपाध्यक्ष डा शिव श्रेष्ठ चितवन र महासचिव डा बद्रि रिजाल नेपालगञ्जमा खटिएका छन् ।
यस्तै पेशागतबाट उपाध्यक्ष बनेका डा रञ्जीत झा विराटनगर छन्, यता लोकतान्त्रिक तर्फका उपाध्यक्ष डा अनिलविक्रम कार्की चितवन छन् ।
स्वतन्त्रबाट महासचिवको उम्मद्धार बनेका डा दीपेन्द्र पाण्डे बिराटनगर र धरान हेर्ने गरी पूर्वतर्फ लागेका छन् । यस्तै महासचिवका अर्का स्वतन्त्र उम्मेद्धार डा अजय मिश्र जनकपुर छन् ।
लोकतान्त्रिकबाट कोषाध्यक्षका उम्मेद्धार डा प्रकाश बुढाथोकी दाङ पुगेका छन् । पेशागत तर्फका सदस्यका उम्मेद्धार डा त्रिभुवन चन्द्र झा नेपालगञ्ज र जगदीशचन्द्र विष्ट धनगढी पुगेका छन् ।
लोकतान्त्रिकबाट सदस्यका उम्मेद्धार डा विक्रान्त ढकाल झापा, डा विपेश आचार्य धरान, डा विश्वराज दवाडी र डा सञ्जीव तिवारी पोखरा छन् । यता समावेशीबाट बीरगञ्जमा डा उदय नारायण सिंह, पोखरामा डा लिजन महर्जन र चितवनमा डा सुमन काफ्ले खटिएका छन् । लोकतान्त्रिक उम्मेद्धार नन्दा गुरुङ बुटवल छन् ।
निर्वाचनको समय तालिका विहान ११ बजे देखि अपरान्ह ४ बजेसम्मका लागि तोकिएको छ ।
सम्पर्क इमेल : [email protected]