स्वास्थ्य मन्त्री ढकाल र स्वास्थ्य राज्यमन्त्रीको पदवहाली संगसंगै

404
Shares

काठमाडौँ, ५ मंसिर ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मन्त्री भानुभक्त ढकाल र राज्यमन्त्री नवराज रावतको पदवहाली संगसंगै गर्ने तयारी भएको छ ।

राज्यमन्त्री रावतले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिईसकेपछि दुबै जना पदवहालीका लागि मन्त्रालय पुग्ने सचिव खगराज बरालले बताए ।

नव नियुक्त मन्त्रीहरुको सपथ राष्ट्रपति कार्यालयले विहान ११ बजेका लागि तोकेको छ ।

स्वास्थ्य मन्त्री ढकालको जिम्मेवारी परिवर्तन मात्रै भएकोले सपथ लिनु पर्दैन तर रावत नयाँ नियुक्त भएकाले सपथ लिनु पर्ने छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो बेलुकी केही मन्त्रीहरुलाई बर्खास्ती, केही मन्त्रीहरुको जिम्मेवारी हेरफेर र केही नयाँ नियुक्ती गर्दा स्वास्थ्यमा ढकाल र रावत आएका हुन् ।

यसअघि उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री रहेका उपेन्द्र यादवलाई कानून मन्त्रालयमा सरुवा गरिएको छ । राज्यमन्त्री डा सुरेन्द्र यादवलाई भने जिम्मेवारी मुक्त गरिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *