स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, उपेन्द्र यादवलाई कानून मन्त्रालयमा सरुवा

19.6k
Shares

काठमाडौँ, ४ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल बनेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको जिम्मेवारी हेरफेर गर्दै ढकाललाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका हुन् । यादवलाई कानून मन्त्रालयमा लगिएको छ ।

मोरङ ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित ढकाल यसअघि कानून, न्याय तथा स‌ंसदीय मामिला मन्त्री थिए । अहिले यादव र ढकालको जिम्मेवारी साटफेर गरिएको हो ।

स्वास्थ्य मन्त्री यादव भने यतिवेला भारतको नयाँ दिल्लीमा रहेका छन् । भारतका स्वास्थ्य मन्त्रीको निमन्त्रणामा स्वास्थ्य मन्त्री केही दिन अघि मात्रै दिल्ली गएका थिए ।

यसैगरी नवराज रावतलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनाइएको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा सुरेन्द्र यादवको जिम्मेवारी खोसिएको छ ।

यस्तो छ आज नयाँ नियुक्ति र जिम्मेवारी हेरफेर भएको मन्त्रीमण्डल

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *