चिकित्सा शिक्षा आयोगको आग्रह पछि काउन्सिलले बाँढ्यो एमबीबीएस र बीडीएसको सिट (कसलाई कति ?)

2.6k
Shares

काठमाडौँ, ३ कात्तिक । चिकित्सा शिक्षा आयोगले सहयोग मागेपछि नेपाल मेडिकल काउन्सिलले यसबर्षका लागि स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा विश्वविद्यालद्धारा सञ्चालित मेडिकल कलेजहरुको सिट निर्धारण गरिदिएको छ ।

काउन्सिल स्रोतका अनुसार दशै अघि बसेको पूर्ण बैठकले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र काठमाडौँ विश्वविद्यालय अन्तरगर्तका मेडिकल तथा डेन्टल कलेजका सिट निर्धारण गरेको हो ।

काउन्सिलले यसपटकको सिट पनि गतवर्षकै हाराहारीमा निर्धारण गरेको छ । मेडिकल कलेज तथा प्रतिष्ठानहरुलाई एमबीबीएस तर्फ बढीमा १०० सिट दिइएको छ भने डेन्टल कलेजलाई बढीमा ५० सिट दिइएको छ ।

आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरिले यसपटक आयोग क्रियाशिल हुँदा नै केही ढिला भएकाले काउन्सिललाई सिट निर्धारण गर्न सहयोग गरिदिन आग्रह गरेको बताए ।

‘यो जिम्मेवारी हाम्रो हो तर यसपटक आयोगको पदाधिकारी नियुक्ति हुँदा केही ढिलाई भएको थियो । त्यसैले यसपटक काउन्सिललाई नै सो जिम्मेवारी निर्वाह गरिदिन भनेका हौँ,’ प्राडा गिरिले भने, ‘तर हामीकहाँ भने त्यो लिष्ट आइसकेको छैन ।’

काउन्सिलले निर्धारण गरेको सिट यस्तो छ :

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *