डेङ्गुका कारण श्रीलङ्कामा १५ को मृत्यु, १५ हजार प्रभावित

कोलम्बो, २१ वैशाख । श्रीलङ्कामा फैलिएको डेङ्गुका कारण १५ जनाको मृत्यु भएको छ भने अरु १५ हजार भन्दा बढी प्रभावित भएका छन् ।
यो विवरण सन् २०१९ को पहिलो चार महिनाको मात्रै भएको इपिडिमियोलोजी इकाईले शुक्रबार जनाएको छ ।
गत अप्रिल ३० सम्ममा कुल १५ हजार ४०७ जना डेँगुबाट प्रभावित भएको र तीमध्ये सवैभन्दा धेरै कोलम्बो जिल्लाका तीन हजार ४०५ जना रहेका छन् ।
चिकित्सा विज्ञहरुका अनुसार उच्च ज्वरो, अनियन्त्रीत वान्ता, शरिरका विभिन्न ठाउँमा दुखाई, कमजोरी महशुष हुने लगायतका लक्षण डेङ्गु भएका बेला देखिन्छ ।
डेँगुका कारण गत बर्ष ५० भन्दा बढीको मृत्यु भएको थियो भने ४८ हजार भन्दा बढी विरामी भएका थिए । रासस÷सिन्ह्वा
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



