पाँचवटा अस्पताललाई स्तरोन्नती गर्ने सरकारको निर्णय

1.0k
Shares

काठमाडौँ, १९ पुस । सरकारले देशका विभिन्न पाँचवटा अस्पतालको क्षमता बिस्तार गर्ने भएको छ। गत सोमबारको मन्त्रिपरिषदको बैठकले ५ अस्पताललाई विशेषज्ञ सेवा दिने अस्पतालमा रुपान्तरण गर्न सैद्धान्तिक सहमति दिएको हो।

मन्त्रिपरिषद्ले कोशी अञ्चल अस्पताल बिराटनगर, नारायणी उपक्षेत्रीय अस्पताल बीरगञ्ज, भरतपुर अस्पताल चितवन, भेरी अञ्चल अस्पताल नेपालगञ्ज र डडेलधुरा उपक्षेत्रिय अस्पताललाई विशेषज्ञ सेवा सहितको अस्पतालमा रुपान्तरण गर्न सहमति दिएको सरकारका प्रवक्ता गोकुल बास्कोटाले जानकारी दिए।

स्वास्थ्य सचिव केदारबहादुर अघिकारीले अब ती अस्पतालका कार्ययोजना बनाई अघि बढने बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *