पाँचवटा अस्पताललाई स्तरोन्नती गर्ने सरकारको निर्णय

काठमाडौँ, १९ पुस । सरकारले देशका विभिन्न पाँचवटा अस्पतालको क्षमता बिस्तार गर्ने भएको छ। गत सोमबारको मन्त्रिपरिषदको बैठकले ५ अस्पताललाई विशेषज्ञ सेवा दिने अस्पतालमा रुपान्तरण गर्न सैद्धान्तिक सहमति दिएको हो।

मन्त्रिपरिषद्ले कोशी अञ्चल अस्पताल बिराटनगर, नारायणी उपक्षेत्रीय अस्पताल बीरगञ्ज, भरतपुर अस्पताल चितवन, भेरी अञ्चल अस्पताल नेपालगञ्ज र डडेलधुरा उपक्षेत्रिय अस्पताललाई विशेषज्ञ सेवा सहितको अस्पतालमा रुपान्तरण गर्न सहमति दिएको सरकारका प्रवक्ता गोकुल बास्कोटाले जानकारी दिए।

स्वास्थ्य सचिव केदारबहादुर अघिकारीले अब ती अस्पतालका कार्ययोजना बनाई अघि बढने बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *