राष्ट्रिय ट्रमा सेन्टरको निर्देशक डा. उपाध्यायद्धारा पदबाट राजिनामा

1.7k
Shares

काठमाडौँ, २५ असोज । राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक डा. प्रमोद उपाध्यायले पदबाट राजीनामा दिएका छन् । बुधबारबाट लागू हुने गरी उनले पदबाट राजिनामा दिएका हुन् ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्राडा सुवोध अधिकारी समक्ष उनले गत साता नै राजिनामा बुझाएका हुन् । उपकुलपति प्राडा अधिकारीले बुधबारबाट निमित्तको जिम्मेबारी डा विनोद शेरचनलाई दिएका छन् ।

अर्को व्यवस्था नभएसम्म जिम्मेवारी सम्हाल्नु भन्ने पत्र पाएको छु । डा शेरचनले भने । विसं २०७२ साल देखि ट्रमाका निर्देशक भएका अधिकारीको समय अवधी भने तोकिएको थिएन ।

न्याम्स र बीर अस्पतालका पदाधिकारीको पदावधी तोकिएको छ तर ट्रमाको निर्देशकको पदावधी तोकिएको छैन ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *