केडीसीद्धारा पोखरामा ‘स्कुल ओरल हेल्थ कार्यक्रम’ शुरु

64
Shares

पोखरा, ६ असोज । कान्तिपुर डेन्टल हस्पिटल तथा कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सले स्कुल ओरल हेल्थ कार्यक्रम शुरु गरेको छ । रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२, रोटरी क्लव काठमाडौँ नर्थ र विएम फाउन्डेशनसंगको सहकार्यमा स्कुल ओरल हेल्थ कार्यक्रम शुरु गरेको हो ।

स्कुल ओरल हेल्थ कार्यक्रमको शुरुवात पोखरास्थित एलपी देवकोटा मेमोरियल स्कुलबाट शुरु गरिएको हो ।

शुक्रबार भएको सो कार्यक्रममा स्कुलका विद्यार्थी शिक्षकहरु सहभागी थिए । कार्यक्रममा मुख तथा दन्त परीक्षण साथै यसलाई स्वस्थ राख्ने उपायका बारेमा सहभागीहरुलाई प्रशिक्षण दिइएको थियो । 

रोटरीक्लवले कान्तिपुरसंग मिलेर यस खालका कार्यक्रम यसअघि काठमाडौ गरिसकेको थियो । तर पोखरामा भने यस्तो कार्यक्रम पहिलो पटक भएको फाउन्डेशनका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले बताए । उनले रोटरीसंगको सहकार्यमा स्कुल हेल्थ कार्यक्रम विस्तार गरिने जानकारी दिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *