केडीसीद्धारा पोखरामा ‘स्कुल ओरल हेल्थ कार्यक्रम’ शुरु

पोखरा, ६ असोज । कान्तिपुर डेन्टल हस्पिटल तथा कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सले स्कुल ओरल हेल्थ कार्यक्रम शुरु गरेको छ । रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२, रोटरी क्लव काठमाडौँ नर्थ र विएम फाउन्डेशनसंगको सहकार्यमा स्कुल ओरल हेल्थ कार्यक्रम शुरु गरेको हो ।

स्कुल ओरल हेल्थ कार्यक्रमको शुरुवात पोखरास्थित एलपी देवकोटा मेमोरियल स्कुलबाट शुरु गरिएको हो ।

शुक्रबार भएको सो कार्यक्रममा स्कुलका विद्यार्थी शिक्षकहरु सहभागी थिए । कार्यक्रममा मुख तथा दन्त परीक्षण साथै यसलाई स्वस्थ राख्ने उपायका बारेमा सहभागीहरुलाई प्रशिक्षण दिइएको थियो । 

रोटरीक्लवले कान्तिपुरसंग मिलेर यस खालका कार्यक्रम यसअघि काठमाडौ गरिसकेको थियो । तर पोखरामा भने यस्तो कार्यक्रम पहिलो पटक भएको फाउन्डेशनका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले बताए । उनले रोटरीसंगको सहकार्यमा स्कुल हेल्थ कार्यक्रम विस्तार गरिने जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *