अब स्थानीय तहका आयुर्वेद स्वास्थ्य संस्थाबाट मसाज सेवा समेत पाइने

660
Shares

काठमाडौँ, ३ असोज । जेष्ठ नागरिक स्वस्थ प्रवर्धन कार्यक्रम अन्तर्गत आयुर्वेद विभागले अब आफ्ना संस्था सञ्चालनमा रहेका स्थानीय निकायबाट मसाज तथा सेकाई (स्नेहन तथा स्वेधन) सेवा उपलव्ध गराउने भएको छ । कुल ३८० वटा स्वास्थ्य संस्थामध्ये अहिले ३११ वटा संस्था स्थानीय तह गाँउ पालिका, नगरपालिका र महानगरपालिकामा रहेका छन् ।

‘ती संस्थामा अब स्नेहन तथा स्वेधन कार्यक्रम अर्थात मसाज तथा सेकाई कार्यक्रम शुरु गर्दैछौँ । त्यसका लागि आवश्यक बजेट तथा कार्यक्रमहरु स्थानीय तहमा पठाइसकेका छौँ,’ आयुर्वेद विभागका महानिर्देशक डा. बासुदेव उपाध्यायले भने ।

स्नेहन तथा स्वेधन सेवामा औषधीय गुणयुक्त तेल र बाफले मासिल गर्ने र सेक्ने गरिन्छ । यसले उमेर छिप्पिदै गएका व्यक्तिहरुमा देखिने जोर्नीसंग सम्वन्धित रोगहरुमा आराम हुने तथा रोकथाम हुने विश्ववस लिइएको छ । यद्धपी यसमा सेवा लिन उमेर हद भने तोकिएको छैन । जो सुकै व्यक्तिले आवश्यकता अनुसार यो सेवा लिन सक्नेछन् ।

डा. उपाध्यायले अहिले सञ्चालन भएका झापा, बुटवल, सुर्खेत लगायतका जिल्लाहरुमा यो सेवा अत्यन्त प्रभावकारी देखिएपछि स्थानीय तहसम्म यसलाई लैजान लागिएको बताए ।

मसाज तथा सेकाई सेवा हप्ताको दुई दिन हुन सक्ने उनले बताए । ‘हामीसंग जनशक्ति अभाव नै छ भन्दा हुन्छ । त्यसैले प्रत्येक दिन गर्न सकिदैन होला तर हप्ताको एक वा दुई दिन गर्ने गरी मिलाउन भनिएको छ,’ डा. उपाध्यायले भने ।

विभागले आयुर्वेदिक मसाज तथा सेकाई आवश्यकताका आधारमा समय निर्धारण गर्ने र १० देखि २५ मिनेटसम्म एउटा व्यक्तिले सो सेवा पाउन सक्ने जनाएको छ ।

विभागले मसाज तथा सेकाईका लागि आवश्यक पर्ने सामग्री खरीदका लागि केन्द्रबाट ५० हजार बढी बजेट स्थानीय तहका आयुर्वैदिक स्वास्थ्य संस्थामा पठाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *