विभागको ‘एक मुष्ठ’ सरुवा विवादमा परेपछि मन्त्रालयले बनायो छानविन समिति

3.9k
Shares

काठमाडौँ, १ असोज । स्वास्थ्य सेवा विभागले गत १७ साउनमा गरेको चौथो पाँचौ र छैटौँ तहको एक मुष्ठ सरुवा विवादमा परेपछि छानवीन गर्न स्वास्थ्य मन्त्रालयले तीन सदस्यीय समिति गठन गरेको छ । गत २९ भदौको सचिवस्तरीय निर्णयबाट समिति गठन भएको हो ।

मन्त्रालयका समन्वय महाशाखाका प्रमुख महेन्द्रप्रसाद श्रेष्ठको संयोजकत्वमा गठित समितिमा आयुर्वेद विभागका उपसचिव बाबुराम लामिछाने र मन्त्रालयका शाखा अधिकृत रेवतीरमण शर्मा सदस्य रहेका छन् ।

उक्त समितिलाई सरुवामा भएको अहिलेको विवाद, र भविस्यमा यस्ता समस्या नआउन के कस्ता उपाय अपनाउने भन्ने बारेमा १५ दिन भित्र सुझावसहितको प्रतिवेदन पेश गर्न भनिएको छ ।

यसपटकको सरुवामा कतिपय संस्थामा दोहोरो परेको र कतिपय स्थानमा संस्था नै खाली हुने गरी भएको भन्दै विरोध भएको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *