सतुङ्गलमा खुल्यो केडीसीको ‘आउटरिच डेन्टल सेन्टर’
काठमडौँ, १९ भदौ । बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पताल (केडीसी)ले चन्द्रागिरी नगरपालिका – ११ सन्तुङ्गल चोकमा ‘आउटरिच डेन्टल सेन्टर’ सञ्चालनमा ल्याएको छ ।
स्थायनीय समाजसेवी मुकुन्द घिमिरेले सोमबार सो सेन्टरको उद्घाटन गरेका थिए । दुई वटा डेन्टल चियर सहितको सो सेन्टरबाट त्यस भेगका जनताले सहज रुपमा दन्त स्वास्थ्य सेवा लिनसक्ने अस्पतालले जनाएको छ ।
‘त्यहाँ अहिले दुईजना डाक्टर रहनुहुन्छ । आवश्यकताका आधारमा जनशक्ति थपिन सक्छ,’ अस्पतालका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले भने ।
उनले उपत्यकाको दक्षिण पश्चिम भेगमा पर्ने सो क्षेत्रमा स्तरीय दन्त स्वास्थ्य सेवा पुरयाउन कान्तिपुरले आउटरिच सेन्टर सञ्चालन गरेको बताए । उनले सेन्टरबाट उपचार बाहेक मुख स्वास्थ्य सम्वन्धी सचेतनामुलक कार्यक्रम समेत सञ्चालन हुने बताए ।
यसैबीच सेन्टर सञ्चालनमा आएको उपलक्ष्यमा कान्तिपुरले सोमबार निशुल्क मुख स्वास्थ्य शिविरको समेत आयोजना गरेको छ ।
सम्पर्क इमेल : [email protected]