सतुङ्गलमा खुल्यो केडीसीको ‘आउटरिच डेन्टल सेन्टर’

120
Shares

काठमडौँ, १९ भदौ ।  बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पताल (केडीसी)ले चन्द्रागिरी नगरपालिका – ११ सन्तुङ्गल चोकमा ‘आउटरिच डेन्टल सेन्टर’ सञ्चालनमा ल्याएको छ ।

स्थायनीय समाजसेवी मुकुन्द घिमिरेले सोमबार सो सेन्टरको उद्घाटन गरेका थिए । दुई वटा डेन्टल चियर सहितको सो सेन्टरबाट त्यस भेगका जनताले सहज रुपमा दन्त स्वास्थ्य सेवा लिनसक्ने अस्पतालले जनाएको छ ।

‘त्यहाँ अहिले दुईजना डाक्टर रहनुहुन्छ । आवश्यकताका आधारमा जनशक्ति थपिन सक्छ,’ अस्पतालका अध्यक्ष डा.  बुद्धिमान श्रेष्ठले भने ।

उनले उपत्यकाको दक्षिण पश्चिम भेगमा पर्ने सो क्षेत्रमा स्तरीय दन्त स्वास्थ्य सेवा पुरयाउन कान्तिपुरले आउटरिच सेन्टर सञ्चालन गरेको बताए । उनले सेन्टरबाट उपचार बाहेक मुख स्वास्थ्य सम्वन्धी सचेतनामुलक कार्यक्रम समेत सञ्चालन हुने बताए ।

यसैबीच सेन्टर सञ्चालनमा आएको उपलक्ष्यमा कान्तिपुरले सोमबार निशुल्क मुख स्वास्थ्य शिविरको समेत आयोजना गरेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *