चिकित्सक संघको आवहानमा आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द

408
Shares

काठमाडौँ, १७ भदौ । नेपाल चिकित्सक संघको आवहानमा देशभरका चिकित्सकहरुले आज आकस्मिक बाहेकका सेवा पारेका छन् । मुलुकी अपराध (संहिता) ऐन २०७४ को विरोधमा उनीहरुले आकस्मिक बाहेकका सेवा ठप्प पारेका हुन् ।

संघले आजै मध्यान्न १२ बजे काउन्सिल पुगेर चिकित्सक दर्ता प्रमाणपत्र ( लाइसेन्स) समेत फिर्ता गर्ने कार्यक्रम राखेको छ । त्यसअघि विहान १० बजे माइतीघर मण्डलामा प्रदर्शन गर्ने जनाएको छ ।

गतवर्ष ३० असोजमा प्रमाणित भएको कानून गत १ भदौबाट लागू भएपछि चिकित्सकहरु आन्दोलित भएका हुन् । उनीहरुले गत १ भदौबाटै आन्दोलनमा उत्रिने बताएपनि सरकारको आश्वासन पछि १५ दिनका लागि आन्दोलनका कार्यक्रम पर सारेका थिए । तर सो अवधीमा सरकारले कुनै प्रयास नगरेपछि बाध्यभएर आन्दोलनमा उत्रिएको संघका अध्यक्ष डा मुक्तिराम श्रेष्ठ बताउँछन ।

संघको यो अभियानमा यसपटक डाक्टरका प्राय सबै संगठनको समर्थन छ । सरकारी चिकित्सक संघ, डाक्टर सोसाइटी अफ नेपाल, गैरसरकार िचिकित्सक संघ लगायतका चिकित्सकहरुका संगठनले विज्ञप्ती जारी गर्दै चिकित्सक संघको विरोध कार्यक्रममा ऐकेवद्धता जनाएको उल्लेख गरेका छन् ।

संघले ऐन संसोधनको प्रक्रिया अघि नबढाए बुधबारबाट आकस्मिक बाहेकका अप्रेसन नगर्ने र शुक्रबारबाट अनिश्चित कालिन हडतालमा उत्रिने बताए को छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *