स्वास्थ्यमा कानुन हेर्ने उपसचिव तीन महिनामै फेरिए, खरेल गए नेपाल आए

1.5k
Shares

काठमाडौँ, २ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कानून हेर्ने उपसचिव फेरिएका छन् ।

कानुन मन्त्रालयले स्वास्थ्यका उपसचिव गंगाबहादुर खरेललाई निर्वाचन आयोगमा सरुवा गरेको छ । स्वास्थ्यमा पर्यटन मन्त्रालयका उपसचिव पुस्कर नेपाललाई पठाइएको छ ।

गत विहीबार सरुवाको निर्णय भए लगत्तै खरेल शुक्रबारनै रमाना लिएर स्वास्थ्यबाट बाहिरिई सकेका छन् । तर नेपाल भने आइसकेका छैनन् ।

भुमिसुधार मन्त्रालयबाट स्वास्थ्यमा सरुवा भएका खरेलले पुग नपुग तीन महिना स्वास्थ्यमा विताए । उनी गत जेठको पहिलो साता भुमिसुधार मन्त्रालयबाट स्वास्थ्यमा सरुवा भएर आएका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *