स्वास्थ्य राज्यमन्त्री हुने भए डा. सुरेन्द्र यादव, पद्मा अर्याल भूमि व्यवस्था मन्त्रालयमा

1.2k
Shares

काठमाडौँ, १८ साउन । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा डा सुरेन्द्र यादव नियुक्ति हुने भएका छन् । संघीय समाजवादी फोरमको आज जनकपुरमा बसेको पार्टी केन्द्रीय समितिको बैठकले डा यादवलाई राज्यमन्त्रीका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

पेशाले मेडिकल डाक्टर समेत रहेका यादव गत निर्वाचनमा महोत्तरी ४ बाट विजयी भएका थिए ।

यता सरकारले यसअघि स्वास्थ्य राज्यमन्त्री रहेकी पद्मा अर्याललाई मन्त्रीमा बढुुवा गर्दै भुमि व्यवस्था मन्त्रालयको जिम्मेवारी दिन लागेका छन् । स्वास्थ्य फोरमको भागमा परेपछि अर्याललाई अर्को मन्त्रालयमा बढुवा गर्दै लैजान लागिएको हो ।

उता बंगलादेशमा चिकित्साशास्त्र अध्ययनरत छात्राहरुको बारेमा आपत्तिजनक टिप्पणी गरी राजिनामा दिन बाध्य भएका कानून मन्त्री शेरबहादुर तामाङको ठाँउमा नेकपाले भानुभक्त ढकाललाई अघि सारेको छ ।

नयाँ मन्त्रीहरुको सपथ अहिले अपरान्ह ४ बजे राष्ट्रपति कार्यालय शितल निवासमा हुने भएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *