सरकार र डा. केसी पक्षबीचको बार्ता सकियो, भोलि विहान पुन: बस्ने

248
Shares

काठमाडौँ, ८ साउन । सरकार र डा. गोविन्द केसीका प्रतिनिधिबीच आज भएको बार्ता सकिएको छ । बेलुका ६ बजे देखि शिक्षा मन्त्रालयमा चलेको बार्ता भोलि विहान पुन: बस्ने गरी सकिएको हो ।

आजको बार्ता पछि जारी संयुक्त विज्ञप्ती अनुसार डा केसीका धेरै मागमा समझदारी भएको छ । बाँकी केही मागका विषयमा भोलि बस्ने बैठकले तय गर्ने बताइएको छ ।

विज्ञप्तीमा सरकारी टोलीको तर्फबाट संयोजक बनेका शिक्षा सचिव खगराज बराल र डा केसीका तर्फबाट संयोजक बनेका डा अभिषेकराज सिंहले हस्ताक्षर गरेका छन् ।

भोलिको बार्ता विहान ९ बजे बाट बस्ने बताइएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *