रोकिएको एक साता पछि सरकार र डा. केसी पक्षबीच बार्ता हुँदै

296
Shares

काठमाडौँ, ८ साउन । एक साता अघि स्थगित भएको सरकार र डा गोविन्द केसी पक्षबीचको बार्ता आज आज हुने भएको छ । आज अपरान्ह साढे पाँच बजे शिक्षा मन्त्रालयमा बार्ता हुने भएको हो ।

बार्ताका लागि सरकार पक्षबाट पुरानै टोलीले सहभागिता जनाउँदै छ । त्यसमा संयोजकको भूमिका शिक्षा सचिव खगराज बराल छन् भने सदस्यहरुमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनी र गृहमन्त्रालयका सहसचिव केदार न्यौपाने छन् ।

डा केसी पक्षबाट भने डा जीवन क्षेत्रीको नेतृत्वमा पाँच सदस्यीय टोली सहभागी हुनेछ ।

टोलीका अरु सदस्यहरुमा अभिवक्ता सुरेन्द्र भण्डारी, ओमप्रकाश अर्याल, डा अभिषेकराज सिंह र डा सुमित पाण्डे छन् ।

यसअघि बार्तालाई अघि बढाउन सरकारले विहानै देखि छलफललाई तिब्रता दिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली विहानै देखि आफ्ना पार्टी अध्यक्ष प्रचण्ड, नेता सुवास नेम्वाङ लगायतकासंग छलफल गरेका थिए ।

यस्तै सोही टोलीले नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्राडा धर्मकान्त बास्कोटा, माथेमा आयोगका संयोजक प्रा केदारभक्त माथेमा, सदस्यहरु प्राडा मदनकुमार उपाध्याय, प्राडा रमेशकान्त अधिकारी लगायतसंग छलफल गरेको थियो ।

चिकित्सा शिक्षा सुधारका लागि ७ बुँदे माग सहित डा केसीले अनशन शुरु आज २५ दिन पुगेको छ । अनशन लम्बिदै जाँदा उनको स्वास्थ्य गम्भीर बनेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *