डा गोविन्द केसीलाई शिक्षण अस्पताल लगियो

288
Shares

काठमाडौँ, ३ साउन ।डा गोविन्द केसीलाई त्रिवि शिक्षण अस्पताल लगिएको छ । जुम्लाबाट उनलाई लिएर आएको नेपाली सेनाको हेलिकप्टर टुडिखेलमा अवतरण गरेपछि बीर अस्पतालमा राखिने अनुमान गरिएको थियो ।

तर डा केसीले शिक्षण अस्पतालमै जाने इच्छा व्यक्त गरेपछि उनलाई त्यता तिर लगिएको बार्ता टोली सदस्य डा गुणराज लोहनीले बताए ।
डा केसीलाई नेपाली सेनाको  एम्वुलेन्समा शिक्षण अस्पताल तर्फ लगिएको छ ।

शिक्षण अस्पताल परिसरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *