यी हुन् सरकारसंग बार्ता गर्ने डा. केसी पक्षका टोली सदस्य

868
Shares

काठमाडौँ, ३२ असार । सरकारले बार्ता टोली सार्वजनिक गरे लगत्तै डा गोविन्द केसी पक्षको पनि बार्ता टोली सार्वजनिक भएको छ ।
सरकारसंग बार्ता गर्न डा केसी पक्षबाट अधिबक्ता डा सुरेन्द्र भण्डारीको अगुवाईमा डा अभिषेक राज सिंह र अर्का अधिवक्ता ओम प्रकाश अर्याल तोकिएका छन् ।

यसबाहेक केसी पक्षले नेपाल चिकित्सक संघबाट समेत एक जना सदस्य रहने जनाएको छ ।  डा केसीका सहयोगी एवं टोली सदस्य डा सिंहले एनएमएललाई प्रतिनिधि पठाउन आग्रह गरिएको बताए ।

यसअघि आज बसेको मन्त्रिपरिषदको बैठकले डा केसीसंग बार्ता गर्न शिक्षा सचिव खगराज बरालको नेतृत्वमा तीन सदस्य टोली गठन गरेको थियो ।

टोलीमा गृह मन्त्रालयका सहसचिव केदार न्यौपाने र स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. गुणराज लोहनी सदस्य छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *