डा. केसीको समर्थनमा चिकित्सक संघले अस्पताल अगाडी एक घण्टा धर्ना दिने
काठमाडौँ, २६ असार । नेपाल चिकित्सक संघ (एनएमए)ले अस्पतालमा कार्यरत चिकित्सकहरुलाई भोलि देखि एक घण्टा धर्नामा सहभागी हुन आवहान गरेको छ ।
डा. गोविन्द केसीको माग सम्वोधन गर्न सरकारलाई दवाव दिन विरोध स्वरुप धर्नामा सहभागी हुन एनएमएले चिकित्सकहरुलाई आवहान गरेको हो । धर्ना विहान १० देखि ११ बजेसम्म आफू कार्यरत अस्पतालमै गर्न निर्देशन दिएको छ ।
यसअघि एनएमएले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी डा. केसीको माग तत्काल सम्वोधन गर्न ७२ घण्टाको अल्टिमेटम दिएको थियो । सो अल्टिमेटम आज सकिएको छ ।
एनएमएका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले डा. केसीको स्वास्थ्य जटिल बन्दै गएको अवस्थामा सरकार मौन बसिरहेकोले दवाव दिन धर्नाको कार्यक्रम शुरु गरिएको बताए । उनले यस्तै अवस्था रहे आगामी दिन थप दवाव मुलक कार्यक्रम घोषणा गर्ने जानकारी दिए ।
यसअघि एनएमएले चिकित्सकहरुका विभिन्न संस्थामा आवद्ध प्रतिनिधिहरुसग सुझाव मागेको थियो । अधिकांश चिकित्सकले अस्पताल सेवा अबरुद्ध नगरी विरोधका कार्यक्रम सार्वजनिक गर्न सुझाव दिएका थिए ।
यस्तो छ विज्ञप्ती
सम्पर्क इमेल : [email protected]