आर्थिक बर्ष सकिन ५ दिन बाँकी छँदा ३० अस्पताललाई बाँढियो १० करोड अनुदान

1.2k
Shares

काठमाडौँ, २६ असार । आर्थिक बर्ष सकिन ५ दिन बाँकी छदा सरकारले ३० वटा सामुदायिक अस्पताललाई १० करोड रुपैयाँ अनुदान बाँढेको छ । स्वास्थ्य मन्त्रालयले आर्थिक बर्ष २०७४/७५ को स्वीकृत कार्यक्रम अनुसार सामुदायिक अस्पतालहरुलाई अनुदान दिने सम्वन्धी दोस्रो संसोधन निर्देशका २०७३ अनुसार यी अस्पताललाई पुँजीगत अनुदान उपलव्ध गराउन निर्णय गरेको जनाएको छ ।

गतवर्ष सरकारले यस्तै निर्णय आर्थिक बर्ष सकिन १ महिना बाँकी छँदा गरेको थियो । २७ वटा अस्पताललाई ५० करोड रकम अनुदान उपलव्ध गराएको थियो । आर्थिक बर्षको अन्तिममा रकम बाँढिएको भन्दै त्यसबेला समेत चर्को आलोचना भएको थियो ।

यसपटक अनुदान पाउने अस्पतालहरु अधिकांश गतवर्ष कै छन् । दोहोरिएका र नयाँ अस्पतालहरु पनि बहालवाला मन्त्री तथा सांसदका निर्वाचन क्षेत्रका छन् ।

स्वास्थ्य मन्त्रालयका उपसचिव लिलाराज पौडेलले अनुदान रकम निर्देशिका अनुसार नै रहेको प्रतिक्रिया दिएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *