जुम्लामा अनशनरत डा. केसीले केन्द्रको चिकित्सकसंग उपचार लिन मानेनन्

काठमाडौँ, २२ असार । जुम्लामा अनशनरत डा गोविन्द केसीले सरकारले खटाएको वीर अस्पतालको चिकित्सक टोलीलाई उपचार गर्न अस्विकार गरेका छन् । उनले आफ्ना लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानकै चिकित्सक काफी रहेको भन्दै केन्द्रीय टोलीसंग उपचार सेवा लिन अस्विकार गरेका हुन् ।

डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि स्वास्थ्य मन्त्रालयले उपचारमा सहयोग पुरयाउन वीर अस्पतालका दुई जना डाक्टर जुम्लाका लागि खटाएको थियो । जुम्ला जाने डाक्टरहरुमा बरिष्ठ फिजिसियन डा. जीवन थापा र बरिष्ठ एनेस्थेसिष्ट एण्ड क्रिटिकल युनिटका डा. सुवास रेग्मी छन् ।उनीहरु बिहीबार मात्रै जुम्ला पुगेका थिए ।

‘हामीले हिजो आएर डाक्टर केसीलाई समेत भेट्यौँ । उहाँले जुम्ला सम्म आएको भन्दै धन्यवाद त भन्नुभयो तर आफ्नो उपचारका लागि प्रतिष्ठानकै डाक्टर सक्षम रहेको भन्दै सेवा लिन मान्नु भएन,’ फिजिसियन डा. थापाले भने ।

उनले डा केसीले प्रत्यक्ष सेवा नलिएपनि आफूहरु जुम्लामै बस्ने र डा केसीको उपचारमा सम्लग्न टिमसंंग समन्वय गर्ने बताए ।

अहिले हाइकियर युनिटमा रहेका डा. केसीले अनशनलाई जारी नै राखेका छन् । उनलाई स्लाइन र अक्सिजन दिइएको छ । अरु औषधि उपचार गर्न नमानेको उपचारमा सम्लग्न चिकित्सकलाई उदृत गर्दै डा. थापाले बताए ।

डा. केसी गत शनिबारबाट आफ्नो पन्ध्रौँ अनशन शुरु गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *