डा. गोविन्द केसी भन्छन्, ‘माफियासंग लागेर केपी ओलीले प्रधानमन्त्री पदकै दुरुपयोग गरे’ (भिडियो सहित)
काठमाडौँ, १८ असार । डा. गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओली माफियाको पक्षमा लागेर प्रधानमन्त्री पदको समेत दुरुपयोग गरेको आरोप लगाएका छन् ।
चिकित्सा शिक्षा सुधारको लागि भन्दै गत शनिबार देखि जुम्लामा अनशनरत डा केसीले स्थानीय सञ्चारकर्मीहरुलाई दिइएको प्रतिक्रियामा प्रधानमन्त्री ओली आफ्नो र आफ्नो पार्टीको भुडी भर्नका लागि यी माफियासंग मिलेको आरोप लगाएका छन् ।
अनसन कतिदिन लम्बिन्छ भन्ने प्रश्नमा उनको जवाफमा उनले उनै प्रधानमन्त्री ओली, शिक्षा मन्त्री गिरिराजमणि पोखरेल, नेकपाका अध्यक्ष प्रचण्ड तथा उपप्रधान एवं स्वास्थ्स्य मन्त्री रहेका उपेन्द्र यादवसंग सोध्न भनेका छ् । उनले आफ्नो माग पुरा नभएसम्म अनसन जारी राख्ने स्पष्ट पारेका छन् ।
सम्पर्क इमेल : [email protected]