सम्पत्ति बिबरण नबुझाएका स्वास्थ्यका १ हजार ९९० जना कर्मचारीको नाम सार्वजनिक

1.2k
Shares

काठमाडौँ, ९ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिलेसम्म सम्पत्ति विवरण नबुझाएका आफ्ना कर्मचारीलाई ५ हजार जरिमाना सहित १५ दिन भित्र पेश गर्न निर्देशन दिएको छ ।

सम्पत्ति विबरणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ताकेता गरेपछि मन्त्रालयले आफ्ना कर्मचारीहरुलाई तत्काल सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको हो ।

अख्तियारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगर्त कार्यरत १ हजार ९९० जना कर्मचारी तथा पदाधिकारीले सम्पत्ति विवरण नबुझाएको पत्र पठाएको थियो । स्वास्थ्यले सो विवरण सार्वजनिक गर्दै तत्काल विवरण बुझाउन भनेको छ ।

स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको सूचना हेर्न यहाँ क्लिक गर्नुहोला

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *