डा. देवकोटाको शोकमा वीर अस्पतालको ओपिडि सेवा आधा दिनमै बन्द

188
Shares

काठमाडौँ, ५ असार । बरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाप्रति श्रद्धाञ्जली गर्न चिकित्सा बिज्ञान राष्टिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालले उनको निधन प्रति गहिरो समवेदना ब्यक्त गरेको छ ।

न्याम्सले डा. देवकोटाप्रति उच्च सम्मान गर्दै अस्पतालको ओपिडि सेवा आधा दिन पछि बन्द गर्ने र शवयात्रामा सहभागी हुने निर्णय गरेको छ ।

डा. देवकोटा स्वास्थ्यमन्त्री हुदा न्याम्सको स्थापना भएको हो । त्यस्तै उनकै पालामा न्यूरो सर्जरी बिभाग पनि स्थापना भएको हो ।

वीर अस्पतालका निर्देशक डा .भूपेन्द्र कुमार बस्नेतले डा. देवकोटाको निधनले चिकित्सा क्षेत्रमा अपूर्णनिय क्षति पुगेको भन्दै उनको सम्झनामा शोक पारित गर्दै शवयात्रामा सहभागी हुन लागेको बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *