जाजरकोट : स्वास्थ्य शिविर सञ्चालन

12
Shares

जाजरकोट, २० जेठ । भेरी नगरपालिकाले ‘प्रथम मेयर निःशुल्क घुम्ती स्वास्थ्य शिविर’ सञ्चालन गरेको छ ।

भेरी नगरपालिकाको आयोजनामा भेरी नगरपालिका–२ बोहरामा शनिबारदेखि शुरु भएको निःशुल्क घुम्ती शिविरमा एक हजार १३२ जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।

मौसम परिवर्तनसँगै विभिन्न रोग देखा परेकाले गाउँ, गाउँमा गएर स्वास्थ्य शिविर सञ्चालन गरिएको नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बताए। उक्त अभियान नगरपालिकाका सबै वडामा सञ्चालन गरिनेछ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *