जाजरकोट : स्वास्थ्य शिविर सञ्चालन

जाजरकोट, २० जेठ । भेरी नगरपालिकाले ‘प्रथम मेयर निःशुल्क घुम्ती स्वास्थ्य शिविर’ सञ्चालन गरेको छ ।

भेरी नगरपालिकाको आयोजनामा भेरी नगरपालिका–२ बोहरामा शनिबारदेखि शुरु भएको निःशुल्क घुम्ती शिविरमा एक हजार १३२ जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।

मौसम परिवर्तनसँगै विभिन्न रोग देखा परेकाले गाउँ, गाउँमा गएर स्वास्थ्य शिविर सञ्चालन गरिएको नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बताए। उक्त अभियान नगरपालिकाका सबै वडामा सञ्चालन गरिनेछ । रासस


Leave a Reply

Your email address will not be published.