उपकरण खरीदमा अनियमितता भएको उजुरी परेपछि वीरमा छिर्‍यो सतर्कता

काठमाडौँ , २० जेठ ।  सिटिस्क्यान तथा टोमो थेरापी मेसिनको खरीदमा अनियमितता भएको उजुरी परेपछि राष्ट्रिय सतर्कता केन्द्रको टोली छानवीनका लागि आज वीर अस्पताल पुगेको छ । उसले खरीद प्रक्रियाका सम्पूर्ण फाइलहरु नियन्त्रणमा लिइ छानवीन शुरु गरेको छ ।

फाइलहरु लिनु अघि सतकर्ता केन्द्रका उपसचिव यामप्रसाद भुसालको नेतृत्वमा गएको तीन सदस्यीय टोलीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सका उपकुलपति प्राडा गणेश गुरुङ, अस्पतालका निर्देशक प्राडा भुपेन्द्रकुमार बस्नेत तथा खरीद एकाईका अधिकारीहरुसंग छलफल गरेको थियो । सोही छलफल पछि फाइल अध्ययन सुरु गरेको भुसालले बताए ।

स्रोतका अनुसार सतर्कता केन्द्र दिइएको उजुरीमा उच्च अधिकारीहरुले दुईवटा मेनिस खरीद गर्दा करीब ९ करोड रुपैयाँ अनियमितता गरेको भन्ने उजुरी परेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *