जाजरकोट : मुटु रोगी बालबालिकाको संख्या बढ्दै

जाजरकोट, १९ जेठ । सुगम ठाउँका बालबालिकाको तुलनामा जाजरकोटका बालबालिकामा मुटु रोगको समस्या सात गुणा बढी रहेकोे देखिएको छ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मीको नेतृत्वमा जाजरकोट आएको चिकित्सकको टोलीले जिल्लाका करिब पाँच हजार बालबालिकाको मुटुको जाँच (स्क्रिनिङ) गरेको छ ।

‘पाँचदेखि १५ वर्ष उमेर समूहका स्कुले विद्यार्थी र अन्य बालबालिकामा गरिएको परीक्षणको अवस्था हेर्दा जाजरकोटमा धेरै बालबालिकामा मुटुरोगको समस्या देखियो’, वरिष्ठ मुटुरोग विशेषज्ञ डा रेग्मीले भने, “काठमाडौँंलगायत शहरमा परीक्षण गर्दा एक हजारमा एक जनामा समस्या देखिन्थ्यो तर जाजरकोटमा एक हजारमा सात जनामा समस्या देखियो ।’ करिब पाँच हजार बालबालिकामा गरिएको परीक्षणमा ३६ जना बालबालिकामा बाथ मुटुरोग (मुटुको भल्भको समस्या) को समस्या देखिएको छ ।” त्यसमध्ये दुई जनाको शल्यिक्रया नै गर्नुपर्ने भएको छ । उनीहरूको निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाइनेछ । अन्यले औषधि सेवन गरे ठीक हुने अवस्था छ ।”

नेपाल हृदयरोग निवारण प्रतिष्ठानले जिल्लाका केही विद्यालयमा गरेको मुटुरोगसम्बन्धी स्क्रिनिङबाट यस्तो तथ्य फेला परेको हो । जन्मजात मुटुरोग हुने ९मुटुमा प्वाल पर्ने० बालबालिकाको संख्या भने एक हजारमा तीन जना रहेको छ, यो भने सामान्य हो डा रेग्मीले भने, “गरिबी, विपन्नता, अशिक्षा, पोषणको कमी, आहार, बिहारको सन्तुलन नमिल्नुलगायत कारण मुटुरोग देखा पर्ने गरेको छ । बालबालिकामा टनसिल अर्थात् घाँटीको समस्या देखा परेका बेला समयमा उपचार नगरे मुटुको भल्भमा समस्या देखिन्छ।”

नेपाल हृदयरोग निवारण प्रतिष्ठानको सहयोगमा बुधबारदेखि शुक्रबारसम्म जाजरकोट भेरी नगरपालिकाका विभिन्न विद्यालयमा मुटरोगको स्क्रिनिङ गरिएको हो । वीर अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा रेग्मी, डा सत्यनारायण सुवाल, डा देव न्यौपाने, डा जिज्ञासा रेग्मीलगायत चिकित्सकले बालबालिका र युवाको मुटुरोग परीक्षण गरेका थिए । स्क्रिनिङ गर्दा मुटुमा समस्या देखिए ईको तथा इसीजी गरेर खास समस्या पत्ता लगाउने गरिएको नेपाल हृदयरोग निवारण प्रतिष्ठान अध्यक्ष दीपेन्द्र पुरुष ढकालले बताए।

उनले मानवीय सेवाभावले यस दुर्गम जिल्लामा मुटुरोग सम्बन्धि जनचेतनामूलक कार्यक्रम र शिविर आयोजना गरिएको बताए । शिविरमा पाँच हजार बालबालिका र एक हजार वयष्क गरी करिब ६ हजारले मुटु परीक्षण गराएका छन्।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *