स्वास्थ्य मन्त्रीको जिम्मेवारी उपेन्द्र यादवलाई, ३ बजे सफथ

288
Shares


काठमाडौँ, १८ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले सम्हाल्ने भएका छन् । लामो समय देखिको अन्योलता चिर्दै स्वास्थ्यको जिम्मेवारी यादवले सम्हाल्ने भएका हुन् ।

तीन दिन अघि सरकारमा सहभागी हुने गरी नेपाल कम्युनिष्ट पार्टीसंग दुई वुँदे सम्झौँता गरेको फोरमले अहिले स्वास्थ्य र शहरी विकास गरी दुईवटा मन्त्रालय पाएको छ । शहरी विकासको जिम्मेबारी भने मोहम्मद इस्तियाक राइले सम्हाल्ने छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी देवी भण्डारीले  नयाँ मन्त्रीहरुलाई दिउसो ३ बजे सपथ ग्रहण गराउँदैछिन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *