फोरम सरकारमा आउने, स्वास्थ्य मन्त्रालय पाउने ?

काठमाडौँ, १४ जेठ । संघीय समाजबादी फोरम सरकारमा सहभागी हुने भएको छ । नेकपा र फोरमबीच आज भएको दुई बुँदे समझदारी पत्रमा सो कुरा उल्लेख भएको छ । यद्धपी फोरमले कति वटा मन्त्रालय र कुन कुन मन्त्रालय लिनेछ भन्ने बारेमा खुलाइएको छैन ।
यसअघि स्वास्थ्य मन्त्रालय फोरमलाई दिइने हल्ला चलेको थियो । सोही अनुसार फोरमले स्वास्थ्य मन्त्रालय लिने अनुमान गरिएको छ । अनुमान मात्रै होइन मन्त्री को होला भन्ने समेत अडकलबाजी सुरु भएको छ ।
फोरमका अध्यक्ष उपेन्द्र यादव, सह अध्यक्ष राजेन्द्र श्रेष्ठ, नेतृ रेणु यादव र डा सुरेन्द्र यादव मन्त्री हुनसक्ने भन्ने चर्चा समेत चलेको छ ।
यसअघि स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याललाई नै अपग्रेड गरी मन्त्रीको जिम्मेवारी दिइने तयारी भएको समेत हल्ला चलेको थियो । उनलाई अपग्रेड नगरे नेकपाकै अर्को व्यक्तिलाई मन्त्रीको रुपमा नियुक्ति हुन सक्ने समेत बताइएको थियो ।
पछिल्ला दिनमा छिटो छिटो परिवर्तन भइरहेको नेपालको राजनीतिक परिघटनामा स्वास्थ्स्य मन्त्रालय र मन्त्रीको जिम्मेवारी यसरी परिवर्तन हुँदैछ भनेर अहिले नै ठोकुवा गर्न भने अलिकति हतारो जस्तो हुनेछ ।
सम्पर्क इमेल : [email protected]