पूर्वाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयमा चन्द्रदेव मेहता
काठमाडौँ, २३ चैत । पूर्वाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयको प्रमुखको जिम्मेबारी चन्द्रदेव मेहताले पाएका छन् । स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले गत मंगलबार मन्त्रिस्तरीय निर्णय गर्दै मेहतालाई सो जिम्मेबारी दिएकी हुन् ।
एघारौँ तहका मेहता यसअघि जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख थिए ।
यसअघिका पूर्वाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका प्रमुख महेश खनाल उमेर हदका कारण अनिवार्य अवकाश पाएपछि सो पद खाली थियो ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



