डाक्टर नहुँदा शव परीक्षण गर्न समस्या

दार्चुला, २० चैत । गोकुलेश्वर अस्पतालमा रहेका दुबैजना चिकित्सक जिल्ला बाहिर भएपछि शव परीक्षण गर्न समस्या भएको छ ।

मार्मा गाउँपालिका–१ मा मृत भेटिएका मजदूर २५ वर्षीय रमेश सोनाहको शव परीक्षण गर्न गोकुलेश्वर अस्पताल ल्याइए पनि परीक्षण हुन नसकेको हो ।

मार्मा गाउँपालिकाबाट गोकुलेश्वर अस्पताल नजिक भएका कारण शव गोकुलेश्वर लगिएको थियो । मजदूरी गर्न मार्मा गाउँपालिका पुगेका सोनाह झुण्डिएको अवस्थामा फेला परेका थिए ।

गोकुलेश्वर अस्पतालमा रहेका प्रमुख डा सरिता जोशीले परीक्षाका लागि चैत पहिलो साता अस्पताल छोड्नुभएको हो । यस्तै, अर्का डाक्टर गोमा धामी सुरक्षित गर्भपतनसम्बन्धी क्षेत्रीय तालीमको लागि धनगढीमा छन् । गत चैत ११ गते जानुभएकी धामीको तालीम चैत २२ गते मात्रै सकिँदैछ ।

दुवै जना डाक्टर नभएपछि अहिले शव परीक्षण मात्र हैन सामान्य बिरामीको चेकजाँचमा समेत समस्या भएको छ । गोकुलेश्वरमा लगिएको शवलाई जिल्ला अस्पताल ल्याएर सोमबार परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालय, दार्चुलाले जनाएको छ ।

जिल्ला अस्पताल दार्चुलामा एकजना मात्रै डाक्टर छन् । त्यहाँ एमजिडी डाक्टर दीपेश मंगल जोशीले शव परीक्षण गरेका हुन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *