चितवन बस दुर्घटनाका १९ जना घाइतेको उपचार पुरानो मेडिकल कलेजमा
चितवन, २० चैत । उदयपुर कटारीबाट पोखरातर्फ गइरहेको बसले विपरीत दिशाबाट आइरहेको ट्रकलाई ठक्कर दिँदा भएको दुर्घटनाका १९ जना घाइतेको उपचार पुरानो मेडिकल कलेजमा भइरहेको छ ।
दुर्घटना सोमबार अपरान्ह साढे २ः३० बजे भरतपुरमहा नगरपालिका वडा नं. ३ गोन्द्राङ कोक फेक्टरी छेउमा दुर्घटना हुँदा २० जना भन्दा बढी घाइते भएका थिए ।
घाइतेहरुमा सिन्धुली घर भएका २२ बर्षीय खेमराज कार्की, बारा घर भएका २० बर्षका सञ्जय चौधरी , रौतहट घर भएका ३२ बर्षका सुरेश तिमिल्सीना, लक्ष्मी निरौला वर्ष १५ को उदयपुर, रञ्जना लामा वर्ष २८ को तनहुँ, मधु लामा वर्ष ६० को तनहुँ, रहेका छन् ।
रामेश्वर महासेठ वर्ष ७४ को महोत्तरी, निर्मला देवी साह वर्ष ४७ महोत्तरी, समिर राना मगर वर्ष २९ कावासोती, इन्द्र राज अधिकारी वर्ष ६३ को चन्द्रपुर, सुभद्रा अधिकारी वर्ष ५७ को चन्द्रपुर, लेकमामा सिलवाल वर्ष ६० को भरतपुर रहेका छन् ।
यस्तै अरुण कुमार साह वर्ष ३६ को धनुषा, बस चालक राजु पाण्डे वर्ष ३० सर्लाही, उर्मिला देवी साह वर्ष ६० महोत्तरी, लेखराज सिलवाल वर्ष ६१ भरतपुर, श्याम प्रसाद अधिकारी वर्ष ७० चन्द्रपुर, सन्तोष कुमार यादव वर्ष २३ महोत्तरी, राजेश्वर महासेठ वर्ष ६४ महोत्तरी रहेको जानकारी पुरानो मेडिकल कलेजका वरिष्ठ जनसम्पर्क दुर्गा प्रसाद न्यौपानेले बताए ।
घाइतेहरु मध्ये ४ जनाको अवस्था गम्भिर, ५ जनाको अवस्था मध्यम र बाँकीको अवस्था रहेको अस्पताल प्रशासनले जनाएको छ ।
सम्पर्क इमेल : [email protected]