राष्ट्रकवि घिमिरेको स्वास्थ्यमा सुधार

काठमाडौँ, २४ फागुन । केही दिनदेखि अस्वस्थ भएका राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्यमा सुधार हुँदै गएको छ ।
छातीमा सामान्य समस्या देखिएपछि केही दिनअघि ललितपुरको भैंँसेपाटीस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका ९९ वर्षीय राष्ट्रकविलाई तीन दिनपछि काठमाडौँ लैनचौरस्थित घरमा ल्याइएको छ । अहिले उनी घरमै आराम गरिरहेका छन् र स्वास्थ्यमा सुधार हुँदै गएको उनकी नातिनी महिमाले जानकारी दिइन।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



