राष्ट्रकवि घिमिरेको स्वास्थ्यमा सुधार


काठमाडौँ, २४ फागुन । केही दिनदेखि अस्वस्थ भएका राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्यमा सुधार हुँदै गएको छ ।

छातीमा सामान्य समस्या देखिएपछि केही दिनअघि ललितपुरको भैंँसेपाटीस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका ९९ वर्षीय राष्ट्रकविलाई तीन दिनपछि काठमाडौँ लैनचौरस्थित घरमा ल्याइएको छ । अहिले उनी घरमै आराम गरिरहेका छन् र स्वास्थ्यमा सुधार हुँदै गएको उनकी नातिनी महिमाले  जानकारी दिइन।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *