सिंहदरबारभित्र पुर्ननिर्माण प्राधिकरणले उपलव्ध गरायो हेल्थ डेस्कलाई कोठा

84
Shares

काडमाडौँ, १५ फागुन । सिंहदरबार परिषरमा आजबाट सञ्चालनमा आउने भनिएको हेल्थ डेस्कका लागि राष्ट्रिय पुर्न निर्माण प्राधिकरणले कोठा उपलव्ध गराएको छ । एक चिकित्सक, प्यारामेडिक्स तथा नर्स सहितको स्वास्थ्यकर्मीको टोली रहने सो डेस्कका स्वास्थ्य मन्त्रालयले कोठा खोजी गरिरहेको थियो ।

मन्त्रालय चिकित्सासेवा महाशाखाका शाखा अधिकृत कृष्ण सुवेदीले पुर्ननिर्माण प्राधिकरणले तीन कोठा उपलव्ध गराएको जानकारी दिदै आजबाट सोही स्थानमा हेल्थ डेस्क सञ्चालनमा आउने बताए । उनले जनशक्ति स्वास्थ्य मन्त्रालयले र औषधि, उपकरण तथा फर्निचरको व्यवस्था स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्था महाशाखाले उपलव्ध गराएको छ ।

सो हेल्थ डेस्कको आज मुख्य सचिव लोकदर्शन रेग्मीले उदघाटन गर्ने कार्यक्रम छ ।  सो हेल्थ डेस्कमा सिंहदरबार परिषरमा रहेका सबै कर्मचारीहरुले निशुल्क स्वास्थ्य परीक्षण र औषधि लिन पाउनेछन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *