सिंहदरबारभित्र पुर्ननिर्माण प्राधिकरणले उपलव्ध गरायो हेल्थ डेस्कलाई कोठा
काडमाडौँ, १५ फागुन । सिंहदरबार परिषरमा आजबाट सञ्चालनमा आउने भनिएको हेल्थ डेस्कका लागि राष्ट्रिय पुर्न निर्माण प्राधिकरणले कोठा उपलव्ध गराएको छ । एक चिकित्सक, प्यारामेडिक्स तथा नर्स सहितको स्वास्थ्यकर्मीको टोली रहने सो डेस्कका स्वास्थ्य मन्त्रालयले कोठा खोजी गरिरहेको थियो ।
मन्त्रालय चिकित्सासेवा महाशाखाका शाखा अधिकृत कृष्ण सुवेदीले पुर्ननिर्माण प्राधिकरणले तीन कोठा उपलव्ध गराएको जानकारी दिदै आजबाट सोही स्थानमा हेल्थ डेस्क सञ्चालनमा आउने बताए । उनले जनशक्ति स्वास्थ्य मन्त्रालयले र औषधि, उपकरण तथा फर्निचरको व्यवस्था स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्था महाशाखाले उपलव्ध गराएको छ ।
सो हेल्थ डेस्कको आज मुख्य सचिव लोकदर्शन रेग्मीले उदघाटन गर्ने कार्यक्रम छ । सो हेल्थ डेस्कमा सिंहदरबार परिषरमा रहेका सबै कर्मचारीहरुले निशुल्क स्वास्थ्य परीक्षण र औषधि लिन पाउनेछन् ।
सम्पर्क इमेल : [email protected]