डा. सिंहमाथि आक्रमण गर्ने उपर कारबाहीको माग

116
Shares

काठमाडौँ । डिउटीका डा. जितेन्द्रकुमार सिंहमाथि डोटी जिल्ला अस्पतालमा हिजो भएको आक्रमणको चिकित्सकहरुका विभिन्न संस्थाहरुले विरोध गरेका छन् । उनीहरुले आक्रमणकारीलाई कडा कारबार्ही गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

सरकारी चिकित्सक संघ (गोदान)ले आज प्रेस विज्ञप्ती जारी गर्दै चिकित्सक डा सिंह माथि आक्रमण गर्ने उपर कडा कारबाही गर्न माग गरेको हो । गोदानका अध्यक्ष डा. दीपेन्द्र पाण्डेद्धारा जारी विज्ञप्तीमा गैर जमानी जेल चलान नियम लागू गर्न समेत सरकारको ध्यानाकर्षण गराएको छ ।

यस्तै चिकित्सक समाज नेपालले समेत डा सिंहमाथि गरिएको आक्रमणको विरोध जनाएको छ । समाजका महासचिव डा. तोसीमा कार्कीले विज्ञप्ती जारी गर्दै विरोध जनाएको हो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *