डा. सिंहमाथि आक्रमण गर्ने उपर कारबाहीको माग

काठमाडौँ । डिउटीका डा. जितेन्द्रकुमार सिंहमाथि डोटी जिल्ला अस्पतालमा हिजो भएको आक्रमणको चिकित्सकहरुका विभिन्न संस्थाहरुले विरोध गरेका छन् । उनीहरुले आक्रमणकारीलाई कडा कारबार्ही गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

सरकारी चिकित्सक संघ (गोदान)ले आज प्रेस विज्ञप्ती जारी गर्दै चिकित्सक डा सिंह माथि आक्रमण गर्ने उपर कडा कारबाही गर्न माग गरेको हो । गोदानका अध्यक्ष डा. दीपेन्द्र पाण्डेद्धारा जारी विज्ञप्तीमा गैर जमानी जेल चलान नियम लागू गर्न समेत सरकारको ध्यानाकर्षण गराएको छ ।

यस्तै चिकित्सक समाज नेपालले समेत डा सिंहमाथि गरिएको आक्रमणको विरोध जनाएको छ । समाजका महासचिव डा. तोसीमा कार्कीले विज्ञप्ती जारी गर्दै विरोध जनाएको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *