‘फिजियोलोजिकल सोसाइटी अफ नेपाल’को तेस्रो सम्मेलन शुरु

काठमाडौँ, २८ माघ । ‘फिजियोलोजिकल सोसाइटी अफ नेपाल’को तेस्रो सम्मेलन आज देखि राजधानीमा शुरु भएको छ ।
‘एक्सप्लोरिङ रिसर्च फिल्ड इन नेपाल’नाम दिइएको उक्त सम्मेलनमा भाग लिन नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, मलेसिया, जापान तथा अमेरिकाबाट प्रतिनिधीहरु आएका छन् ।
समाजका अध्यक्ष प्राडा तपास प्रमानिकको अध्यक्षतामा शुर भएको सम्मेललनमा २७ वटा कार्यपत्रहरु प्रस्तुत हुनेछ । उक्त सम्मेलनमा युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट आएका प्राडा किम इ व्यारेटले समेत कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
जोरपाटीस्थित नेपाल मेडिकल कलेजको सभाहलमा शुरु सम्मेलन भोलीसम्म चल्ने आयोजक संस्थाका डा रमेश ढकालले जानकारी दिए ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



