‘फिजियोलोजिकल सोसाइटी अफ नेपाल’को तेस्रो सम्मेलन शुरु


काठमाडौँ, २८ माघ ।  ‘फिजियोलोजिकल सोसाइटी अफ नेपाल’को तेस्रो सम्मेलन आज देखि राजधानीमा शुरु भएको छ ।

‘एक्सप्लोरिङ रिसर्च फिल्ड इन नेपाल’नाम दिइएको उक्त सम्मेलनमा भाग लिन नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, मलेसिया, जापान तथा अमेरिकाबाट प्रतिनिधीहरु आएका छन् ।

समाजका अध्यक्ष प्राडा तपास प्रमानिकको अध्यक्षतामा शुर भएको सम्मेललनमा २७ वटा कार्यपत्रहरु प्रस्तुत हुनेछ । उक्त सम्मेलनमा युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट आएका प्राडा किम इ व्यारेटले समेत कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

जोरपाटीस्थित नेपाल मेडिकल कलेजको सभाहलमा शुरु सम्मेलन भोलीसम्म चल्ने आयोजक संस्थाका डा रमेश ढकालले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published.